सुनको भाउ आज सात सय रुपैयाँ बढ्यो

 मङि्सर १९, २०७८

काठमाण्डाै । सुनको भाउ सात सय रुपैयाँले बढेको छ । अस्ति शुक्रवार घटेर ९१ हजार तीन सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि सात सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा पुगेको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १२ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तपाईंको प्रतिक्रिया