सामाजिक विषयवस्तुमा आधारित चलचित्र सार्वजनिक गर्ने नायक ढुंगानाको तयारी

 पुष ०६, २०७८

तुलसीपुर । नायक रमित ढुंगानाले सामाजिक विषयवस्तुमा आधारित चलचित्र छिटै सार्वजनिक गर्न लागेको बताउनुभएको छ । चलचित्र पत्रकार संघ दाङले मंगलबार तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा नायक ढुंगानाले एसिड आक्रमणमा परेकी मुस्कान खातुनको जीवनीमा आधारित चलचित्र एक महिनाभित्र सार्वजनिक गरिने बताउनुभयो ।

नयाँ चलचित्रले सामाजिक विषयवस्तुको कथा बोकेकोले दर्शकको रोजाईमा पर्ने बताउनुभयो ।नायक ढुंगानाले हिम्मत, देवरबावु, तहल्का, धड्कन, डर, मन परेपछि लगायत चलचित्रमा अभिनय गरिसक्नुभएको छ । चलचित्र पत्रकार संघ नेपाल दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सदस्य भुपेश वलीले गर्नुभएको हो ।

तपाईंको प्रतिक्रिया