पालिकाका कर्मचारीको सरुवा स्थगित

 पुष ०८, २०७८

काठमाण्डौ । सरकारले पालिकाका कर्मचारीको सरुवा स्थगित गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आउँदो चुनावलाई ध्यानमा राख्दै पालिकाका कर्मचारीको सरुवा स्थगित गरेको हो ।

पछि फेरि उपयुक्त समयमा अन्तर पालिकामा सरुवा गर्ने गरी अहिलेलाई सरुवाको काम स्थगित गरिएको मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ । लोकसेवा आयोगबाट पालिकामा सिफारिस भइ स्थायी नियुक्त भएका कर्मचारीहरुलाई कामकाजमा खटाउने सम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

तपाईंको प्रतिक्रिया