थप २९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, २६३ जना निको

 पुष ०८, २०७८

काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर थप २९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ६२६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा २ जना संक्रमितको मृत्यु समेत भएको मन्त्रालयले जनाएको छ । सोही अवधिमा २६३ जना निको भएका छन् । मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५८१ पुगेको छ भने कुल संक्रमित पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २६ हजार र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार पुगेका छन् । संक्रमितमध्ये हालसम्म करिब ८ लाख ९ हजार जना निको भएका छन् ।

तपाईंको प्रतिक्रिया