विश्वभर तिब्र गतिमा फैलिदै ओमिक्रोन

 पुष २३, २०७८

काठमाडौं । विश्वभर कोरोना भाइरसको नयाँ स्वरुप ओमिक्रोन फैलने क्रम तिब्र बनेको छ । ओमिक्रोनको फैलावट सँगै यसलाइ रोक्ने र सङ्क्रमणबाट बच्ने बिषय चुनौतीपूर्ण बनेको छ । कतिपय देशहरूले यसबाट बच्नको लागि प्रतिबन्धहरू लगाउन सुरु गरेका छन् ।

छिमेकी देश भारतमा पनि कोरोना भाइरस सङ्क्रमितको संख्या तीव्र बढेको छ । पछिल्लो २४ घन्टामा एक लाख १७ हजार १०० जनामा सङ्क्रमण देखिएको छ । यो अवधिमा ३०४ जनाको कोभिडका कारण मृत्यु भएको छ । भारतमा एक साताअघि दैनिक सङ्क्रमण १० हजार थियो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड सङ्क्रमितको संख्या बढेको छ ।भारतमा २६ राज्यमा ओमिक्रोन भेरियन्ट देखिएको छ । सात महिनापछि पहिलो पटक सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको हो ।

तपाईंको प्रतिक्रिया