वर्षातका कारण ईट्टा उद्योगमा करोडौंको क्षती

 माघ २१, २०७८

तुलसीपुर । लगातारको बर्षातले गर्दा दाङमा करोडौंको इट्टामा क्षति पुगेको छ । दाङ देउखुरी इट्टा व्यबसायी संघ दाङका अध्यक्ष प्रेमनाथ योगीका अनुसार यस अघि असोजमा भएको बेमौसमी बर्षात र त्यसयता बिभिन्न समयमा भएको बर्षातले ३ करोड बराबरको इट्टामा क्षति भएको हो ।

तयारी अबस्थामा राखिएका इट्टा पानीले भिजाउदा नष्ट हुने गरेको उहाँको भनाई छ । जस्ले गर्दा यो बर्ष जिल्लामा इट्टाको अभाब हुन सक्ने उहाँको भनाई छ । यस अघि पानीले क्षति र कच्चा पदार्थको मुल्य बढेपछि इट्टामा मूल्य बृद्धि समेत गरिएको थियो ।

तपाईंको प्रतिक्रिया