पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा रक्तदान

 माघ २१, २०७८

तुलसीपुर । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा राष्ट्रिय युवा संघ नेपाल दाङले नारायणपुरमा रक्तदान गरेको छ । सरकारले जनताको ढाड सेक्नेगरी पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता र स्थानीय तहको चुनाव समयमै गर्न माग गर्दै रक्तादान गरिएको राष्ट्रिय युवा संघका केन्द्रिय स्थायी कमिटी सदसय माधव वलीले जानकारी दिनुभयो ।


रक्तदान कार्यक्रममा ५० जना युवाहरुले रक्तदान गरेका थिए । युवा संघ दाङका अध्यक्ष देबु बस्नेतको अध्यक्षता तथा एमाले दाङका जिल्ला संगठन कमिटी अध्यक्ष हुकुम बस्नेतको प्रमुख आथित्यमा भएको रक्तदान कार्यक्रममा एमाले दाङका सचिव मनोहर बुढाथोकी, युवा संघका केन्द्रिय सदस्य शिव श्रेष्ठ, अनेरास्ववियूका केन्द्रिय सदस्य बर्षात भण्डारी लगाएतले रचनात्मक काम गरेर गठबन्धन सरकारको बिरुद्ध जनतलाई जागरुक गराईरहेको बताएका थिए ।

तपाईंको प्रतिक्रिया