लुम्बिनी प्रदेश सरकाले प्रदेश स्थापना दिवस मनाउने

 माघ २९, २०७८

तुलसीपुर । लुम्बिनी प्रदेश सरकाले फागुन १ देखि ३ गते सम्म स्थायी राजधानी दाङमा प्रदेश स्थापना दिवस मनाउने भएको छ।

भौतिक पूर्वाधार नबनिसकेकाले स्थायी राजधानी दाङको देउखुरीमा अहिलेसम्म लुम्बिनी प्रदेश सरकारले दुईवटा मन्त्रालय मात्रै दाङमा लिएको छ। बाँकी सबै मन्त्रालय बुटवलमा छन। प्रदेश सरकारले दुईवटा मन्त्रालय भए पनि स्थायी राजधानी भएकाले दाङमै मनाउने निर्णय गरेकाे लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले बताए।

कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राखी स्थापना दिवसमा प्रतिकात्मक कार्यक्रम गरिने तर झाँकी सहितको प्रदर्शनको कार्यक्रम भने नगर्ने र स्थापना दिवसकै अवसरमा प्रदेश सरकारले घोषणा गरेका विभिन्न पदक सीमित संख्यामा सहभागी गराएर वितरण गर्ने मन्त्री शर्माले बताए।

यसअघिका वर्षमा स्थानीय तहहरुलाई पनि स्थापना दिवसमा सहभागिताकाे लागि बाेलाउने गरेकाेमा याे वर्ष भने काेभिडका कारण बाेलाउन नसकिने र सम्बन्धित सबै स्थानीय तहले आ-आफ्नो स्थानीय तहमा प्रदेश स्थापना दिवस मनाउन सकिने समेत मन्त्री शर्माले बताए।

तपाईंको प्रतिक्रिया