ट्याक्टर पल्टिँदा एक जनाको ज्यान गयो

 माघ २९, २०७८



बर्दिया । बर्दियाको बाँसगढी नगरपालिकामा आज दिउँसो बेहुली पुर्याएर फर्किँदै गरेको ट्र्याक्टर पल्टिँदा एक जनाको ज्यान गएको छ । १६ जना घाइते भएका छन् ।

ट्र्याक्टर पल्टिँदा ठाकुरबाबा-७ का अन्दाजी १८ वर्षीय सुमन थारुको ज्यान गएको इलाका प्रहरी कार्यालय बाँसगढीले जनाएको छ ।

ठाकुरबाबा नगरपालिका-७ बाट बाँसगढी नगरपालिका-४ बठुवामा बेहुली पठाउन गएको भे २ त १३१६ नम्बरको ट्र्याक्टर फर्कने क्रममा बसपार्क नजिक बठुवा जाने चोकमा पल्टिएकाे थियाे ।

घाइते १६ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया