भारतमा घट्यो कोरोना, २४ घण्टामा १५ हजार थपिए

 फागुन ०९, २०७८

काठमाडौँ । भारतमा कोरोना संक्रमण दर निकै तल झरेको छ । पछिल्लो २४ घण्टामा १५ हजार ४८७ जनामा मात्रै संक्रमण पुष्टि भएको छ । यही अवधिमा झण्डै दोब्बर २७ हजार ३९९ जना कोरोनामुक्त भएका छन् भने मृत्यु हुनेको संक्रमितको संख्या २०६ रहेको छ ।

अहिले भारतमा संक्रिय संक्रमितको संख्या २ लाख १२ हजारमा झरेको छ ।

तपाईंको प्रतिक्रिया