युक्रेनीको सैनिक केन्द्रमा रुसी आक्रमण: ९ जनाको मृत्यु, ५७ जना घाइते

 फागुन २९, २०७८


काठमाडौं । रुसले युक्रेनी शहरस्थित सैनिक केन्द्रमा आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ । ५७ जना घाइते भएका छन् । रुसले, पोल्याण्डको सीमानजिक रहेको याभोरिभ शहरस्थित सैनिक केन्द्रमा आक्रमण गरेको बीबीसीले जनाएको छ । ३० भन्दा धेरै रकेट आक्रमण भएको खबरमा उल्लेख छ । अहिले आगो निभाउने प्रयास भइरहेको छ । सैनिक केन्द्र पोल्याण्डको सीमाभन्दा१० किलोमिटरको दूरीमा छ । २९० वर्गकिलोमिटर क्षेत्रफलमा रहेको केन्द्रमा १ हजार ७ सय ९० जनासम्म रहने व्यवस्था रहेको खबरमा उल्लेख छ । तर आक्रमणका बेला त्यहाँ कति जना थिए भन्नेबारे केही खुलाइएको छैन ।

तपाईंको प्रतिक्रिया