युक्रेनी मिसाइल हमलामा २० को मृत्यु भएको रुसको दावी

 चैत ०१, २०७८

रुस-युक्रेनबीच युद्ध चलेको २०औं दिन भइसकेको छ। यसबीचमा थुप्रै युक्रेनी शहरमाथि रुसले कब्जा जमाइसकेको छ भने दुवैतर्फ थुप्रै मानिसको मृत्यु भइसकेको छ । यता रुसले भने आफूले अलग राष्ट्रको मान्यता दिइको डोनेत्स्कमा युक्रेनको ब्यालिस्टिक मिसाइल हमलामा परी २० सर्वसाधारणको ज्यान गएको आरोप लगाएको छ ।

यही हमलामा ३५ जना घाइते भएको रुसको दावी छ।

युक्रेनले भने सो मिसाइल हमलामा आफ्नो कुनै संलग्नता नरहेको बताएको छ। यस्तै सो हमला रुसी मिसाइलकै भएको हुनसक्ने पनि बताएको छ । दुई देशबीच आरोप प्रत्यारोप चलिरहँदा अन्तर्राष्ट्रिय अदालतमा भने भोलि रुसविरुद्ध युक्रेनले दायर गरेको रिटको फैसला हुने भएको छ । युक्रेनले ७ मार्चमा आफ्नो भूमिमा सैनिक गतिविधि रोक्नुपर्ने मागसहित रिट दायर गरेको थियो ।

तपाईंको प्रतिक्रिया