तालिबान सरकारले छात्रालाई पनि विद्यालय जान दिने

 चैत ०५, २०७८

अफगानिस्तानको तालिबान सरकारले छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेको छ ।

सत्ता सम्हालेपछि छात्रालाई अध्ययन अध्यापनका लागि शैक्षिक संस्था जान नदिने तालिबान सरकारको निर्णयको सर्वत्र आलोचना भएको थियो । उनीहरुले महिलालाई रोजगारीसमेत गर्न प्रतिबन्ध लगाएका थिए । तर सर्वत्र आलोचना भएपछि निर्णय फिर्ता लिइएको बताएका समाचार संस्था एएनआईले जनाएको छ ।

आलोचना, आग्रह र दबाबका कारण महिला अधिकारको पुनर्बहाली गर्ने तालिबान सरकारको निर्णयलाई संयुक्त राष्ट्र सङ्घले स्वागत गरेको छ । राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले विद्यालयमा छात्रालाई अध्ययन अध्यापन गर्न दिने तालिबान सरकारको निर्णयको स्वागत गर्नुभएको हो ।

तपाईंको प्रतिक्रिया