देशको अर्थतन्त्र गलत व्यक्तिको हातमा गयो: पूर्वअर्थमन्त्री

 चैत २७, २०७८

काठमाडौँ- पूर्वअर्थमन्त्री तथा एमाले नेता युवराज खतिवडाले देशको अर्थतन्त्र गलत व्यक्तिको हातमा पुगेको आरोप लगाएका छन् । गलत व्यक्तिको हातमा जाँदा देशको अर्थतन्त्र इतिहासकै गम्भीर अवस्थामा पुगेको उनको आरोप छ ।

नेकपा एमालेले गरेको पूर्वअर्थमन्त्रीहरुको पत्रकार सम्मेलनमा बोल्दै खतिवडाले ‘देश गलत व्यक्ति र गलत प्रवृतिको हातमा पुगेको छ । अहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका अर्थमन्त्रीले भने भूमाफिया, भ्रष्टाचारीले देश चलाइरहेका छन् । अर्थमन्त्री अफवाह मात्र फैलाउँदै हिंडीरहेका छन्,’ खतिवडाले भने ।

तपाईंको प्रतिक्रिया