दाङमा झण्डै २२ सय जनाको मनोनयन दर्ता

 बैशाख १३, २०७९

तुलसीपुर । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा दाङमा २ हजार १ सय ९१ जनाले मनोनयन दर्ता गराएका छन । जस अनुसार सबैभन्दा बढि तुलसीपुरमा ४९९ जनाले मनोनयन दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । तुलसीपुरमा प्रमुखको लागी १२ जना,उप प्रमुखको लागी ८ जना, वडाध्यक्षमा ११५ जना,सदस्यमा १९८ जना महिला सदस्यमा ९२ र दलित महिला सदस्यमा ७४ जनाको उम्मेदवारी परेको छ ।

यस्तै घोराहीमा ४४०,गढवामा१२०,दंगीशरणमा १५६,बंगलाचुलीमा ११५,बबइमा १५७,राजपुरमा १८८,राप्तीमा २३३, लमहीमा १४७,शान्तीनगरमा १३६ले उम्मेदवारी दर्ता गराएको छन ।

तपाईंको प्रतिक्रिया