तुलसीपुर चोरखोला नजिक जिप दुर्घटना

 बैशाख १५, २०७९

तुलसीपु । रोल्पाको जुँगारबाट तुलसीपुर तर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा ९ जना घाईते भएका छन् । घाईते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

जुगारबाट तुलसीपुर आउँदै गरेको रा १ ज ५१० नं. को जिप तुलसीपुर ३ चोर खोला नजिक बिहीबार दिउँसो सवा १ बजे दुर्घटनामा परेको थियो । घुम्ती बाटोमा जीपको गती तिव्र भएकाले दुर्घटना भएको प्रहरीले बताएको छ । घाईते मध्ये केहि लाई थप उपचारको लागि कोहलपुर पठाईएको छ भने पाँच जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भई रहेको छ । घाईतेहरुको परिचय खुलेको छैन्

तपाईंको प्रतिक्रिया