रुकुमपुर्वकाे सिस्नेमा दुई दिने माछा पालन तालिम समापन

रुकुम पुर्व । रुकुम पुर्वकाे सिस्ने गाउँपालीका ४ दादिङमा २ दिने रेन्बोट्राउट माछापालन तालिम सम्पन्न भएको छ । सिस्ने बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सिस्ने गाउँपालिका ४ दादिङ रुकुम पुर्वको आयोजनामा तथा एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यलय रुकुमकोट रुकुम पर्वको आर्थिक सहयोग र मत्स्या अनुसन्धान केन्द्र त्रिशूली नुवाकोटको प्राविधिक सहयोगमा तालिम सुरु भएको हो ।
बुधबार र बिहीबार सन्चालन भएको तालिममा झण्डै ३० जना प्रसिक्ष्यार्तिहरुको उपस्थिति रहेको थियो ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यलय रुकुम पुर्व का कार्यलय अधिकृत पिताम्बर बस्नेत ले सफल उध्यमि बन्न धेरै समय लाग्ने तर सफल भए आफुमा मात्र नभई सहकारी समुह र गाउँ हुँदै आर्थिक विकास मा सरकारलाई पनि ठुलो टेवा पुग्ने बताउनुभएको छ ।
सथै उहाले कृषि तथा पशुपन्छि विकास का लागि रुकुम पुर्वमा बजेटको अभाव नभएको तर ब्यवसाय कृषि गर्नेहरुको अभाव भएको पनि बताउनुभएको छ ।
उक्त समापन कार्यक्रममा सिस्ने ४ का वडा अध्यक्ष दलराज घर्ती , वडा सदस्य बलवहादुर केसी , मत्स्या अनुसन्धान केन्द्र त्रिशूली नुवाकोटका प्रशिक्षक गणवहादुर गुरुङ , पशुचिकित्सक विजेता थापा , पशु प्राविधिक पुस्प प्रसाद सर्मा लगायत शिक्षक बुद्दिजिवि लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रममा २ दिन सम्म आफुहरुले जानेको कुरा प्रशिक्षार्थी टेकप्रसाद घर्ती र धनमाया बुढाले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पशु प्राविधिक पुस्प प्रसाद शर्माले गर्नुभएको थियो ।
तपाईंको प्रतिक्रिया