झुण्डिएको अवस्थामा टरिगाउँमा एक पुरुषको शव फेला

 असार २१, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका १२ टरिगाउँमा रहेको तरुना सामुदायिक वनमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ स्थानीय ६६ बर्षीय दिलप्रसाद न्योपानेको शव मंगलबार दिउँसो १२ बजे
भेटिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
गत असार १५,१६ गते घरबाट हराएका न्योपानेलाई स्थानीय र प्रहरी खाेजि रहेका थिए । साेहि क्रममा स्थानियले झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोहि आधारमा घटना स्थल जादा शव झुण्डिएको अवस्थामा सडेको फेला परेको प्रहरीले बताएको छ ।

तपाईंको प्रतिक्रिया