दाङमा ७० प्रतिशत धान रोपाइँ

 साउन ०४, २०७९


तुलसीपुर । अघिल्लो वर्ष यो अवधिमा धेरै स्थानमा धान रोपाई सकिएको हुन्थ्यो । तर यस बर्ष समयमा बर्षा नहुदा धान रोपाई सुस्त गतिमा छ । सिचाई सुबिधा नभएका स्थानमा खेत बाझै रहेका छन ।

सरकारी तथ्याङ्कलाई आधार मान्ने हो भने देशभरि हालसम्म ६० प्रतिशतमात्र धान रोपाइँ भएको छ । अघिल्लो वर्ष यो अवधिमा भएको धान रोपाइँको तुलनामा यो निकै न्यून हो । गत वर्ष साउन ४ गतेसम्म ९६ प्रतिशत रोपाइँ भइसकेको थियो ।

कृषि विभागका अनुसार सबैभन्दा कम रोपाइँ महोत्तरीमा भएको छ । त्यहा ३० प्रतिशत रोपाई भएको छ । यस्तै लुम्बिनी प्रदेशमा ७५ प्रतिशत रोपाइँ भइसकेको छ । जहाँ सबैभन्दा बढी नवलपरासीमा ९६ प्रतिशत रोपाइँ भएको छ । त्यस्तै कपिलवस्तुमा ७२, रुपन्देहीमा ९०, बाँकेमा ४०, बर्दियामा ७८, दाङमा ७० प्रतिशत रोपाइँ भएको छ ।

तपाईंको प्रतिक्रिया