तोलामा १४ सयले बढ्यो सुन

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज एकैदिन तोलामा १४ सय रुपैयाँले बढेको छ । हिजो तीन सय रुपैयाँले घटेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा १४ सयले बढेर तोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ ३० रुपैयाँले बढेको छ । तोलामा ३० रुपैयाँले बढेर एक हजार दुई सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईंको प्रतिक्रिया