हात्तीपाइले विरुद्धको औषधि सेवन अभियान सुरु

 फागुन ११, २०७९

काठमाडौं ।  सरकारले आजबाट हात्तीपाइले रोगविरुद्धको ‘आम औषधि’ सेवन अभियान सुरु गरेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले यही फागुन ११ गतेदेखि फागुन २५ गतेसम्म १५ जिल्लामा अभियान सञ्चालन हुने बताउनुभयो ।

डा। दाहालका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली गरी १५ जिल्लाका ८४ लाख ९८ हजार ५०१ जनालाई औषधि खुवाउने लक्ष्य छ ।

सरकारले ६४ जिल्लामा सञ्चालित यो अभियान हाल आएर ४८ वटा जिल्लामा बन्द गरिसकेको छ । बाँकी १४ जिल्लामा औषधि खानयोग्य सबैले औषधि नखाइदिँदा समस्या जीवित छ ।

यता तुलसीपुरमा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु  पन्थि   र तुलसीपुरका मेयर टिकाराम खडकाले  हात्तीपाइले रोग विरूद्दको औषधि खाएर अभियानको सुरूवात गर्नु भएको छ ।

तपाईंको प्रतिक्रिया