टिकटकर ‘नेपाली ब्रो’ ले गरे पत्नीको हत्या

 १७ घण्टा अगाडि

काठमाडौं ।  ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापा मगरले आफ्नी पत्नी ईश्वरी भुजेलको हत्या गरेको आरोपमा पक्राउ परेका छन्। प्रहरीका अनुसार शुक्रबार बेलुका तारकेश्वर नगरपालिका–लोलाङ, पैँयुटारमा ईश्वरी कामबाट घर फर्किरहेका बेला कुमारले फलामको रडले आक्रमण गरेका थिए। गम्भीर घाइते भएकी ईश्वरीलाई तत्काल अस्पताल लगिए पनि उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मा निधन भएको हो।

प्रहरीका अनुसार श्रीमान्–श्रीमतीबीच सम्बन्ध विच्छेदको तयारी चलिरहेको थियो। ईश्वरी घर नजिक पुग्नेबित्तिकै कुमारले आक्रमण गरेका थिए। घटनापछि फरार भएका कुमारलाई प्रहरीले बालाजु क्षेत्रबाट पक्राउ गरेको छ।

सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामले परिचित कुमार थापा मगर हाल प्रहरी हिरासतमा छन्। ४२ वर्षीय दुवै श्रीमान्–श्रीमतीको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तपाईंको प्रतिक्रिया