तुलसीपुरमा माेटरसाईकलकाे ठक्करबाट एक  युवक घाइते

 फागुन २३, २०७९

तुलसीपुर । तुलसीपुरमा माेटरसाईकलकाे ठक्करबाट एक  युवक घाइते भएका छन । घाइते हुनेमा  पैदलयात्री सल्यान छत्रेश्वरि गाउपालिका २ बस्ने बर्ष २० का नितेश खड्का रहेको ईप्रका तुलसीपुरले जनाएको छ ।

आज तुलसीपुरकाे तुलसी बोर्डीङ चोक स्थित बसपार्क बाट राप्ती प्रादेशिक अस्पताल तर्फ जादै  गरेको रा ६ प २३१ नम्बरको मोटरसाईकले   खड्कालाई ठक्कर दिएकाे हाे । उनको टाउकोमा चोट लागेकाे छ । खड्काकाे  राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।  चालक प्रहरीकाे  नियन्त्रणमा रहेकाे बताईएकाे छ ।

तपाईंको प्रतिक्रिया