श्रमशील हामी नारी

 फागुन २४, २०७९

पविता बिश्वकर्मा, तुलसीपुर ।       

हामी नारी   

जब जब नारी दिवसको चर्चा हुन थाल्छ ।
मेरो मानसपटलमा केही आवाजहरु ठोकिन पुगे झै लाग्छ ।
कयौ गल्ली गल्ली र सडक पेटीमा काम खोज्दै ।
भौतारीएका मलिन अनुहारको आकृति टक्क अडिदिन्छ ।।

आफ्ना शुन्दर संसार नदेख्दै ब्वासाको सिकारमा ज्यान गुमाएका  कलिला मुनाहरुको चिच्याहट कानमा आएर ठोकिन पुगे झै लाग्छ। खै त । के ग¥यौ र हाम्रा लागि भन्दै रगताम्मे आफ्ना हातहरु देखाईरहेका  निराश र थकित ति आँखाहरुलाई नियाल्छु ।
अनि म लाचार र शब्दहिन बन्छु मेरो विवशता देखेर ।।
महिला हक, अधिकार र संरक्षण लेखिएका कानूनका दस्ताबेजहरु हेर्छु ।
ति त किताब सजाउन राखियका सजावट जस्तै निरर्थक लाग्न थाल्छ ।

त अनि निर्मला र भागिरथी जस्ता कयौ बालिकाको तस्बीरलाई नियाल्छु ।

खै त कानून भन्दै आँखाबाट बगिरहेका आँसुहरु मात्र देख्छु ।।
धेरै कानून र नीति नियम बने पनि महिला हिंसा कम भएन ।
आधा आकाश नारी भने पनि कहिल्यै नारीलाई चैन छैन ।
आजै देखि संकल्प गरौ अन्यायको विरोध गर्ने
श्रमशील छौ हामी नारी किन सधै पछि पर्ने ।
अबदेखि विरोध गरौ अन्यायको विरुद्धमा ।।
११३ औ अन्तराष्ट्रिय नारी दिवसको सबैलाई शुभकामना ।
यश कविताको रचयिता  सगरमाथा बालबाटीका ईङ्गलिस स्कुलको शिक्षिका हुनुहुन्छ ।

तपाईंको प्रतिक्रिया