नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई मन्त्रिपरिषद्को अनुरोध

 जेठ १२, २०८०

काठमाडौं । सरकारले राष्ट्रपति कार्यालयमा अलपत्र परेको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

शुक्रबारको मन्त्रिपरिषद बैठकले गत असोजदेखि राष्ट्रपति कार्यालयमा निर्णयविहीन अवस्थामा रहेको विधेयक प्रमाणीकरण गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित पठाएको नागरिकता सम्बन्धि विधेयक तत्कालिन गठबन्धनका दलहरुले जस्ताको तस्तै पास गर्दै राष्ट्रपति कार्यालयमा पठाएका थिए । निर्वाचनको मुखमा जनविरोधी विद्येयक पठाएसँगै राष्ट्रपति भण्डारीले यो विषय नयाँ र ताजा संसदलाई हुनु पर्ने भन्दै प्रमाणिकरण नगरी छोडिदिनुभएको थियो ।

भारतभ्रमणमा निस्कन लागेका प्रधानमन्त्री प्रचण्डले मुलुकको अस्मिता नै खतरामा पर्ने उक्त विद्येयक पुनः प्रमाणिकरण गर्न खोजेका हुन् ।

तपाईंको प्रतिक्रिया