ग्लोबल टी -२० मा सर्रे जगुअर्सकाे सहज जित, सन्दिपले लिए तीन विकेट

 साउन १३, २०८०

नेपालका सन्दीप लामिछानेले क्यानडाको ग्लोबल टी २० मा कसिलो बलिङ गर्दै तीन विकेट लिएका छन् । सन्दीपको तीन विकेटको मद्दतमा उनको टिम सर्रे जगुअर्सले मिस्सिसाउगा प्यान्थरविरुद्ध सहजै जित हात पार्‍यो ।

सन्दीपले १३औं ओभरको चौथो र छैटौं बलमा क्यामरन डेलपोर्टलाई ३३ र जेम्स निशमलाई खाता नखोल्दै आउट गराएका हुन् । उनले एकै ओभरमा दुई विकेट चड्काएपछि १६५ रनको लक्ष्य पछ्याएको प्यान्थर १७ ओभरमा १०९ रनमा सीमित हुँदै ५५ रनले पराजित हुन पुग्यो ।

सन्दीपले १५.२ ओभरमा जसकरण सिंहलाई एक रनमा आउट गरे । सन्दीपले ३ ओभरमा १८ रन दिएर महत्वपूर्ण तीन विकेट लिएका हुन् । त्यस्तै सर्रेका लागि स्पेन्सेर जोन्सनले चार ओभरमा २५ रन दिएर ३ विकेट लिए ।

तपाईंको प्रतिक्रिया