नेयमार साउदी क्लब अल–हिललासँग अनुबन्ध

 साउन ३१, २०८०

ब्राजिलियन फरवार्ड नेयमार फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन छाडेर साउदी प्रो–लिग क्लब अल–हिलालसँग अनुबन्ध भएका छन् । ३१ वर्षीय खेलाडीका लागि साउदी क्लबले ९ करोड युरो (एडअनहरु थप) खर्च गरेको बताइएको छ । ‘मैले युरोपमा धेरै कुरा हासिल गरेँ, त्यहाँ विशेष पलहरु बिताएँ, तर म सधैँ ग्लोबल खेलाडी बन्न चाहन्थे र नयाँ ठाउँमा नयाँ चुनौती र अवसरहरु लिन चाहन्थे,’ नेयमारले भनेका छन् ।

उनी नयाँ सिजनका लागि पीएसजीका नयाँ प्रशिक्षक लुइस एनरिकेको योजनामा थिएनन् । सन् २०१७ मा विश्व कीर्तिमानी २० करोड पाउन्डमा पीएसजी पुगेका नेयमारलाई शनिबार लिग वानमा लरेन्टविरुद्धको खेलमा टोलीमा समावेश गरिएको थिएन । पीएसजीले अब हाई प्रोफाइल खेलाडीहरुलाई ठुलो रकम खर्चने ‘ग्लालेक्टिोक्स’ युगभन्दा अघि बढ्ने योजना बनाएको छ । यसअघि लियोनेल मेस्सी पनि क्लब छाडेर गइसकेका छन् ।

‘म खेलकुदमा नयाँ इतिहास लेख्न चाहन्छु, अहिले साउदी प्रो लिगमा ठुलो ऊर्जा र उत्कृष्ट खेलाडीहरु रहेका छन्,’ नेयमारले थपे । नेयमारले फ्रेन्च क्लबमा रहँदा वार्षिक रुपमा २.५ करोड युरो कमाई गर्थे । अब उनले साउदीमा वार्षिक रुपमा १५ करोड युरो पाउनेछन् । यो रकम पीएसजीमा रहँदाको भन्दा ६ गुणाले बढी हो । उनले क्लबसँग दुई वर्षको करार गरेका छन् ।

तपाईंको प्रतिक्रिया