मेलम्ची नदीको बाढीले विद्यालयकाे भवन बगायाे

सिन्धुपाल्चोक । अविरल वर्षासँगै आएको मेलम्ची नदीमा आएको भीषण बाढीले हेलम्बुस्थित एक विद्यालय भवन बगाएको छ । सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका—४ ग्यालथुमस्थित सरस्वती माध्यमिक विद्यालयको भवन मेलम्ची मेलम्ची नदीमा आएको भीषण बाढीले बगाएको हो ।
शुक्रवार बिहान सोही विद्यालयका दुई वटा पक्की शौचालय बगाएको थियो । मेलम्ची नदीले धार परिवर्तन गर्दै शौचालय बगाउनका साथै विद्यालय भवनमा पनि कटान सुरु गरेपछि विद्यालयले फर्निचर लगायतको भौतिक सामाग्रीहरू दिउँसो नै सुरक्षित ठाउँमा स्थानान्तरण गरिसकेको थियो ।
निरन्तर वर्षाको कारण मेलम्चीमा आएको बाढीले शुक्रवार बेलुकी भवन पनि बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
मेलम्ची नदीमा जल सतह बढ्दै गएको र विद्यालयसँगै रहेको ग्यालथुम बजार पनि जोखिममा रहेको हुनाले स्थानीयलाई सजग र सुरक्षित स्थानमा रहन प्रहरीले अनुरोध पनि गरेको छ ।
तपाईंको प्रतिक्रिया