वीरे जात्राको अवसरमा सार्वजनिक बिदा

काठमाडौं । दार्चुलाको अपि हिमाल गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले सूचना निकालेर प्रख्यात धार्मिक सुर्मा भवानी मन्दिरमा भइरहेको ‘वीरे जात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबारदेखि बुधबारसम्म पालिकाभरका सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्थालगायतमामा सार्वजनिक बिदा दिएको जनाएको छ ।
लामो समयसम्म मनाइने सुर्मा भवानीको विधिवत् रूपमा जात्रा शनिवार शुरु भएको छ ।
तपाईंको प्रतिक्रिया