तुलसीपुर ४ मा एमालेकाे श्रद्धान्जली सभा

 भदौ १४, २०८०

तुलसीपुर । नेकपा एमाले तुलसीपुर ४ नम्वर वडा कमिटिको आयोजनामा आज(विहिवार) घोरनेटीमा श्रद्धान्जली सभा सम्पन्न भएको छ । वडा कमिटीका सदस्य बुद्धिराज खनाल र संगठित सदस्य चेत प्रसाद खनालका ममतामयी आमा सान्तादेवी खनालको दुखःद निधन भएको १३ औँ दिनको पुण्यतिथिको अवसरमा वडा कमिटिले श्रद्धान्जली सभाको आयोजना गरेको थियो ।

वडा कमिटिका अध्यक्ष घन बहादुर पुनको अध्यक्षता एवं एमाले तुलसीपुर नगर कमिटिका सचिव रुप बहादुर खत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्ने बक्ताहरुले स्वर्गीय सान्तादेवी खनालका छोराहरुले सामाजिक र राजनितिक क्षेत्रमा गरेको योगदानमा उहाको महत्वपुर्ण भुमिका रहेको बताएका थिए । उहाको योगदान र भुमिका बारे चर्चा गर्दै उनीहरुले सकारात्मक कुराको सधै सम्मान गर्ने बताएका थिए ।

साथै उनीहरुले हरेक मानिसको जन्म पछि मृत्यु अवस्य भएको भन्दै शोकाकुल परिवार प्रति सहानुभुती प्रकट गरेका थिए ।
सो अवसरमा नगर कमिटि सदस्य खिम बहादुर थापा र तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्माले श्रद्धान्जली मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको सहजीकरण वडा कमिटिका सचिव सुक बहादुर केसीले गर्नुभएको थियो । सान्तादेवी खनालको यहि भदौ ३ गते ८५ बर्षको उमेरमा निधन भएको थियो ।

तपाईंको प्रतिक्रिया