सन् २०२५ को डिभी खुला, आज रातिबाट भर्न सकिने

 असोज १७, २०८०

काठमाडौं | अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन आज रातिबाट खुला हुने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले सन् २०२५ का लागि नेपाली समयअनुसार बुधबार राति ९ः४५ बजेबाट डिभी भर्न सकिनेछ । आज रातिबाट खुल्ने डिभी कात्तिक २९ गते राति १०ः४५ बजे बन्द हुने दूतावासले जनाएको छ ।

डिभी भर्नको लागि अमेरिकी स्टेट गभर्मेन्टको साइटमा गएर आफ्नो सक्कली कागजात राखेर भर्न सकिन्छ ।

डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरू बुझाउनुपर्छ । विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग नगर्न सुझाव दिइएको छ । त्यस्तै, डिभी भर्दा विवाहितले दम्पत्तिको सबै विवरण र बच्चाबच्ची हुनेहरूले उनीहरूको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्ने नियम लगाएको छ ।

तपाईंको प्रतिक्रिया