कृषिका लागि ऋण लिने कृषक १० प्रतिशतले घटे

 कार्तिक ११, २०८०

काठमाडौं । नेपालका किसानले कृषिका लागि लिएको ऋण १० प्रतिशतले घटाएको पाइएको छ । पछिल्लो १० वर्षमा सहकारी, बैंक लगायतबाट ऋण लिएर कृषिमा लगानी गरेका किसानहरुको कुल ऋण १० प्रतिशतल नै घटेको कृषि गणनाले देखाएको हो । गत महिना सार्वजनिक भएको कृषि गणनाको तथ्याङ्कअनुसार २०७८ मा ४ लाख ८३ हजार कृषक परिवारले कृषिका लागि ऋण लिएका छन् । जुन कुल कृषि परिवार संख्याको १२ प्रतशत हो ।

२०६८ सालमा यस्तो शीर्षकमा ऋण लिन कृषकको परिवार संख्या ८ लाख ३६ हजार थियो । जुन कुल कृषक संख्याको २२ प्रतिशत थियो ।विवरण अनुसार किसानहरुले लिने ऋणको तरिका पनि बदलिएको छ । २०६८ सालसम्ममा कुल कृषक ऋणको ३५ प्रतिशत रकम आफन्तबाट सावटीका रुपमा लिने गरिएको थियो । तर, २०७८ मा आइपुग्दा किसानहरुले लिएको ऋणको ३९ प्रतिशत हिस्सा सहकारीमा देखिएको छ ।

तपाईंको प्रतिक्रिया