रक्षाचौरमा सिचाईका लागी पम्पसेट प्रदान

 कार्तिक १७, २०८०

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर ४ रक्षाचौर स्थित चारबाटो टोलमा सिंचाईका लागी पम्पसेट दिइएको छ । चारबाटो टोल अन्र्तगत स्थानिय किसानहरुको समस्यालाई मध्येनजर गर्दै टोल विकास संस्थाले पम्पसेट माग गरेपछि उपमहानगरपालिकाले ५ हर्षपावर क्षेमता भएको पम्पसेट सहयोग गरेको हो ।

पम्पसेट प्राप्त भएसंगै आगामी दिनमा सिचाईका लागी सहज हुने स्थानिय डेग बहादुर कुंवरले बताउनु भएको छ | उपमहानगरपालिकाले चार ईन्च पानी तान्ने क्षमता भएको पम्पसेट सहित ५ सय मिटर पाईप समेत दिएको छ । उक्त पम्पसेटबाट त्यस क्षेत्रको अन्दाजी ३० विगाह खेतीयोग्य जमिनमा बाह्रै महिना सिचाई गर्न सहज हुने अपेक्षा गरेको कुंवरले बताउनु भएको छ । उहाहका अनुसार पम्पसेटबाट त्यस क्षेत्रका झन्डै ३५ घरधुरी लाभान्वित हुने भएका छन् ।
सिरखोलाको सिचाईकुलोबाट सिचाई भएपनि हिउँदको समयमा पानीको समस्या हुने भएकाले पम्पसेटको प्रयोगबाट सहज हुने उहाले बताउनु भयो । साथै उहाले पम्पसेट उपलब्ध गराएकोमा नगरप्रमुख टिकाराम खड्का लगाएत पहल गर्ने सवैमा धन्यवाद ज्ञापन गर्नुभएको छ । यस्तैगरी निवर्तमान वडा अध्यक्ष बालकृष्ण राना(धुव्र)ले त्यस क्षेत्रमा हिउदको समयमा सिचाईका लागी समस्या भएकोले विगत देखी नै आफुहरुले पहल गर्दै आएको र अहिले उपमहानगरपालिकाले उपलब्ध गराएको बताउनु भएको छ ।

स्थानिय तहको निर्वाचनको समयमा नेकपा एमालेको तर्फबाट आफुहरुले पम्पसेट दिने बाचा गरे अनुसार पाटी कमिटि अध्यक्ष घन बहादुर पुन, नगरईन्चार्ज तथा सामाजिक विकास समितिका संयोजक मान बहादुर रावतको पहलमा अहिले काम भएको उहाले बताउनु भयो ।

तपाईंको प्रतिक्रिया