वडाध्यक्ष कप क्रिकेट प्रतियोगितामा वडा नम्बर ७, १ र ६ विजयी

 कार्तिक १७, २०८०

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा जारी अध्यक्षकप क्रिकेट प्रतियोगितामा वडा नम्बर १ सेमिफाइनलमा पुगेकाे छ । वडा नम्बर १४ लाइ हराउँदै १ नम्बरले सेमिफाइनलमा स्थान तय गरेको हाे । १४९ रनकाे लक्ष्य भेटाउन ब्याटिङमा उत्रिएको १४ नम्बर ७२ रनमा अलआउट भएको थियो ।

यस्तै अर्काे खेलमा वडा नम्बर ७ ले ११ नम्बरको वि टिमलाई १३२ रनकाे फराकिलो अन्तरले हराएको हाे । १८७ रनकाे लक्ष्य पायकाे वडा नम्बर ११ काे बि टिम ५५ रनमा अलआउट भएको थियो ।

यस्तै आज नै भएको अर्को खेलमा वडा नम्बर ६ विजयी भएको छ । १२ नम्बर वडा १०० रनकाे लक्ष्य भेटाउन मैदानमा उत्रिएकोमा ८३ रनमा अलआउट भएको थियो । प्रतियोगितामा १० वटा वडाबाट ११ वटा टोलीको सहभागिता रहेको छ ।

अमर माध्यमिक विद्यालय उरहरीको खेल मैदानमा भएकाे खेलमा विकेट लिने तथा छक्का हान्ने खेलाडीलाई प्रोत्साहित गर्दै तुलसीपुर उपमहानगरपालिकाका विपत शाखा प्रमुख टाेप बहादुर डागीले ३ हजार, सगरमाथा बाेर्डिङ स्कुलका प्रिन्सिपल छवि कुमार वलीले २ हजार, भिमार्जुन रेग्मीले १ हजार ७ सय र ११ का वडा सचिव पदम भणडारिले १ हजार ४ सय पुरस्कार प्रदान गरेको वडाध्यक्ष मान बहादुर रावतले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार र द्धितीयलाई १५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता २० गतेसम्ममा सञ्चालन हुनेछ ।

तपाईंको प्रतिक्रिया