वडाध्यक्ष कप क्रिकेट : फाइनलमा छक्का र विकेट लिनेलाई ५ सय पुरस्कार

 कार्तिक १९, २०८०

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा जारी अध्यक्षकप क्रिकेट प्रतियोगितामा वडा नम्बर १, ११ र ६ सेमिफाइनलमा प्रबेश गरिसकेका छन । अव एक टिमकाे टुंगो लाग्न बाकि छ । आज हूने वडा ७ र १८ बिच हुने खेलले अन्तिम सेमीफाइनल टोलिको टूङगाे लगाउनेछ ।
सेमिफाइनल सम्म खेल आउदा खेलाडी उत्साहित हुने क्रम चलिरहेको छ । विकेट लिने र छक्का हान्ने खेलाडीलाई पुरस्कारकाे ब्यवस्थाले खेल राेचक तथा खेलाडी उत्साहित छन । यसैबीच,युवा नेता तथा निर्माण ब्यवसायि टोपेन्द्र बस्नेतले फाइनल खेलकाे लागि पुरस्कार घाेषणा गरेका छन । उनले एक छक्काको ५ सय र १ विकेटको ५ सयका दरले पुरस्कार दिने घाेषणा गरेका हुन ।

यसले गर्दा फाइनल खेल रोचक हुने देखिन्छ । क्रिकेट खेलकाे विकास तथा खेलाडीहरु लाई उत्साहित गर्ने उद्देश्यले कार्तिक १६ देखि सञ्चालित वडाध्यक्ष क्रिकेट प्रतियोगिताकाे फाइनल २० गते हुने वडा अध्यक्ष मान बहादुर रावतले जानकारी दिए ।

 

तपाईंको प्रतिक्रिया