वडाध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधीको लागि ७ र ११ भिड्ने

 कार्तिक १९, २०८०

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा जारी अध्यक्षकप टि- २० क्रिकेट प्रतियोगिताको फाइनल खेल भोली हुदै छ । आज भएको सेमिफाइनल खेलमा वडा नम्बर ७ र ११ ले जित हात पार्दै उपाधि भिडन्त पक्का गरेका हुन । वडा नम्बर ६ ले ११ नम्बर वडा सामु ९० रनको लक्ष्य खडा गरेको थियो । ६ नम्बर वडाका विनोद मल्लले २३, प्रकाश श्रेष्ठले १४ रनको योगदान दिदै ८९ रन बनाएका थिए । बलिगं तर्फस ११ नम्बर वडाका दिजन मल्लले ३ , कप्तान दिनेश रावत र मनु शाहले १/१ विकेट लिएका थिए ।

जवाफि ब्याटिग थालेको ११ नम्बर वडाले २ विकेटले जित हात पारेको थियो । जसका लागि मनु शाह , सुसान्त शाह र कप्तान दिनेश रावतले समान १७/ १७ रन बनाएका थिए । यस्तै अर्को खेलमा वडा नम्बर १ ले ७ नम्बर वडा सामु १७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसका लागि अकित खनालले १० रन बाहेक अन्यले राम्रो स्कोर जोड्न सकेका थिएनन् । वडा नम्बर ७ बाट गोपाल केसीले ४ तथा आशिष नेपालीले २ विकेट लिएका थिए । सामन्य लक्ष्य पाएको वडा नम्बर ७ ले १० विकेटको जित हात पारेको थियो । जसका लागि गोपाल केसी एक्लैले १६ रन बनाएका थिए ।
यसैविच फाईनल खेल भोली विहान १० बजे हुने छ । वडा नम्बर ११ र ७  नम्बर विच फाईनल खेल हुने छ । दुवै टिम उपाधिको दावेदार रहेको हुदा फाइनल निकै प्रतीस्पर्धा हुने छ । अमर माध्यामिक विद्यालय उरहरीको खेल मैदानमा १६ गते देखि सुरु भएको प्रतिसयोगितामा एम्पायरको रुपमा बिजय केसी र आशिष विष्ट रहेका छन ।

फाईनल खेलमा विकेट लिने तथा छक्का हान्ने खेलाडीलाई प्रोत्साहित गर्दै पुरस्कारको ब्यवस्था गरिएको वडाध्यक्ष मान बहादुर रावतले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार र द्धितीयलाई १५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

तपाईंको प्रतिक्रिया