वडाध्यक्ष कप क्रिकेट प्रतियोगीताको उपाधी वडा नम्बर ११ जित्यो

 कार्तिक २०, २०८०

कमल पोख्रेल उरहरी । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ को आयोजना सञ्चालित अध्यक्षकप टि- २० क्रिकेट प्रतियोगिताको उपाधि वडा न ११ ले जीतेको छ। आज भएको फाइनल खेलमा वड न ७ लाई ७ विकेटले पराजीत गर्दै आयोजक वडा न ११ ले उपाधि जित्न सफल भएको हो । उपाधि जितेको वडा नम्बर ११ ले २५ हजार सहित मेडल ट्रफि प्राप्त गर्दा वडा नम्बर ७ ले १५ हजार सहित मेडल ट्रफिमा चित्त बुझाएको थियो ।

टस जीतेर पहिले ब्याटीगं रोजेको ७ ले ७३ रन बनाउदै अल आउट भएको थियो । ७ नम्बरका लागि कप्तान गोपाल केसीले नटआउट २५ रन बनाएका थिए भने प्रताप स्वर्णकारले १२ रनको योगदान गरेका थिए। वडा नम्बर ७ लाई सस्तैमा रोक्नका लागि वडा नम्बर ११ का मनू शाहले सार्बाधिक ३ तथा सुधन बूढाथोकिले २ र कप्तान दिनेश रावतले १ विकेट लीन सफल भएका थिए । ७४ रनको बिजायी लक्ष्य सहित मैदान उत्रियको ११ ले १८ औ ओभरमा ३ विकेटको नोक्शानी मा लक्ष्य भेटाएको थियो । जसका लागि मनू शाहले २५ रन बनाएका थिए यस्तै कप्तान दिनेश रावतले नटआउट २३ रनको योगदान गरेका थिए । वडा नम्बर ७ को लागी संदीप बिकेले २ विकेट लिन सफल भएका थिए।

प्रतियोगितामा नगरका ११ टिमको सहभागिता रहेको थियो । फाइनल खेलमा उत्र्कष्ट प्रदशन गर्ने मनु शाह फाइनल अफद मैच घोषित भएका थिए भने ११ कै दीजन मल्ल इमर्जिंग प्लेयर तथा वडा नम्बर ७ का गोपाल केसी उत्कृष्ट खेलाडी घोषीत भएका थिय उनीहरुलाई जनहि २ हजार ५ सय नगद सहित पुरस्कृत गरिएको थियो । कार्तिक १६ गते देखी २० सम्म संचालन भएको यस प्रतियोगिताका खेलहरु अमर माबी उरहरिको खेल मैदानमा भएका थिए ।

यसैविच वडाध्यक्ष मान बहादुर रावतको अध्यक्षता तथा वडा नम्बर ७ का वडाध्यक्ष राम बहादूर जिसीको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको थियो । वडा सदस्य यज्ञ बहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा खेलप्रेमी तथा उपमहानगरका ईन्जीनियर पवन कुमार योगी, रुपेश शर्मा, खेल पत्रकार लक्ष्मण बस्नेत लगायतका बक्ताहरुले बोलेका थिए । कार्यक्रमको सहजिकरण वडा सचिव पदम कुमार भण्डारीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया