तिहार नजिकिएसगैं बजारमा चहल पहल बढ्यो

 कार्तिक २२, २०८०

तुलसीपुर । तिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढ्न थालेको छ । आगामी शनिबारदेखि तिहार सुरु हुने हुदा विजल्लाका मुख्य बजार घोराही, तुलसीपुर,लमही लगायतका बजारमा रोटी बनाउने सामान देखि लिएर आवश्यक पर्ने सामानको किनमेल सुरु हुन थालेको हो । बजारमा किनमेल गर्ने ग्राहकको भिडभाड लाग्न थालेको छ ।

विशेष गरी तिहारका लागि आवश्यक पर्ने झिलिमिली बत्ती, सप्तरङ्गी टीका, लक्ष्मीपूजाका सामान, भाँडावर्तन, भाइमसला, कपडाको किनमेल बढ्न थालेको व्यवसायीको भनाइ छ ।

तपाईंको प्रतिक्रिया