रोयल भमके ‘ए’, टिएसए र वेष्टर्न क्लवको विजयी सुरुवात

 कार्तिक २२, २०८०

तुलसीपुर । दाङ तुलसिपुरको भमकेमा जारी रोयल भमके टि२० क्रीकेट प्रतियोगितामा भमकेको ए, टिएसए तुलसीपुर र वेष्टर्न क्रिकेट क्लव शान्तीनगरले विजयी सुरुवात गरेका छन । स्वतन्त्र युवा समूह तुलसीपुर १ भमकेको आयोजनामा मदन भण्डारी रंगशाला भमकेमा संचालित प्रतियोगितामा आज भएको पहिलो खेलमा आयोजक रोयल भमके ए ले मिलन युबा क्ल्बलाई ९६ रनको जित निकाल्दै बिजयी सुरुवात गरेको हो ।

ट्स हारेर पहिले ब्याटिङको निम्तो पायको रोयल भमकेले निर्धारित १५ ओभर को खेलमा ५ विकेट्को क्षतिमा १५८ रन बनाउन सफल भएको थियो । जस अन्तर्गत शिशिर डिसिले ४३ , धन बहादुर केसि ले ४० तथा नरेस बिकले २६ रनको योगदान गरेका थिए । बलिङ तर्फ मिलन युबा क्लब तुलसीपुर ७ का सिर्जन पौडेलले २ तथा अंकीत भन्डारीले १ विकेट लिएका थिए । १५९ रनको बिजय लक्ष्य लियर मैदानमा उत्रीएको मिलन क्लबले ११.२ ओभरमा अल आउट हुँदै ६२ रनमा समेटियो ।

जसमा वसन्त सुवेदीले १६ रन बनाउनु बाहेक अन्य खेलाडिले दोहोरो अक बनाउन सकेनन। ६२ रनमा समेट्ने क्रममा रोयल भमकेका कप्तान हरिस केसि ले ३ ओभर बलिङ गर्दै १ मेडन सहित मात्र ८ रन खर्चिएर ४ बिकेट लिन सफल भएका थिए । त्यस्तै धन बहादुर केसिले ३ गोपाल केसि २ तथा आयुस ओलिले १ विकेट लिन सफल भएका थिए । खेलमा उत्कृष्ट खेल प्रर्दसन गर्ने धनबहादुर केसि म्यान अफ द म्याच घोषित हुँदै नगद ५ सय र मेडल प्राप्त गरेका थिए । य

यस्तै दोस्रो खेलमा टिएसए तुलसीपुर बिजयी भयको छ । तुलसीपुर ११ विरुद्ध ७७ रनको जित निकाल्न्दै प्रतियोगितामा टिएसएले बिजयी सुरुवात गरेको प्रतियोगिता संयोजक खगेन्द्र नेपालीले जानकारी दिए । ट्स हारेर ब्याटिङमा उत्रेको टिएसए निर्धारित १५ ओभरमा १३५ रन बनाउन सफल भएको थियो । जसमा दिवान पुनले ६० रनको अर्धसतकिय पारी खेल्न सफल भए भने बिक्की रोकाले २६ रन बनाए।

बलिङ तर्फ सुसान्त शाहले ३,डिजन मल्ल २ तथा मनोज साहले १ विकेट ल्याए। १३६ रनको बिजयी लक्ष्य लियर मैदानमा उत्रेको ११ वडाले १२.२ ओभरमा अल आउट हुँदै ५८ रनमा समेटियो । जसमा निस्चल मल्ल र सन्तोस रावतले १०।१० बनाउनु बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन । बलिङ तर्फ धिरज केसि ३ तथा दिवान पुनले २ विकेट ल्याय । खेलमा उत्कृष्ट खेल प्रदसन गर्ने दिवान पुन म्यान अफ द म्याच हुँदै मेडल सहित ५ सय नगद प्राप्त गरेका थिए ।

यस्तै, आज भयको अन्तिम खेलमा सृजनसिन युबा क्लब हेकुली लाई ६४ रनले हराउदै वस्ट्न क्रीकेट क्लब सन्तिनगरलेले बिजयी सुरुवात गरेको छ। टस हारि ब्याटिङमा उत्रेको शान्तिनगर ८९ रनमा अलआउट भएको थियो । ९० रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रीएको हेकुली १०.२ मा अल आउट हुँदै मात्र २५ रन बनाउन सक्यो ।

त्यस्तै भोलिको पहिलो खेल आयोजक रोयल भमके बि विरुद्ध पुरन्धारा क्रीकेट क्लब तथा दोस्रो खेलमा सृजनसिल युबा क्लब हेकुलि विरुद्ध किङ्ग ११ सेवार घोराही बिच हुने संयोजक नेपालीले जनाएका छन ।

 

तपाईंको प्रतिक्रिया