शान्तिनगर २ मा वडास्तरीय फूलबल प्रतियोगिता हुदै

 कार्तिक २३, २०८०

तुलसीपुर। शान्तिनगर गाउँपालिका वडा नम्बर २ मा दीपावली तथा छठ पर्वको अवसरमा वडास्तरीय फूलबल प्रतियोगिता हुने भएको छ ।एफसी बागमारे क्लबको आयोजनामा यही कत्तिक २५ गतेदेखि वडास्तरीय फूटबल प्रतियोगिता हुन लागेको हो । फूटबल खेलको विकास र विस्तार गर्ने उद्देश्यले वडास्तरीय प्रथम खसी कपको आयोजना गरिएको खेलकुद समितिका अध्यक्ष विशाल विष्टले जानकारी दिएका छन ।

खेलमा सहभागी हुने इच्छुक खेलाडी तथ टिमहरुले कात्तिक २४ गते ४ बजेसम्म टिम दर्ता गरिसक्नुपर्ने छ । टिम दर्ताको लागि २ हजार ५ सय शुल्क निर्धारण गरिएको छ । टिममा २ जना बाहिरका खेलाडीलाइ राख्न मिल्ने खेलमा प्रथम हुनेलाई खसी पुरस्कार रहेको छ भने द्वितीय पुरस्कार टिम अनुसार खुलाइने जनाईएको छ । बाहिरबाट दुई जना सम्म खेल कात्तिक २५ गते बिहान साढे ७ बजेदेखि सिम सुनदर फिल्डमा सुरु हुने आयोजकले बताएको छ ।

फाईल फोटो

तपाईंको प्रतिक्रिया