रोयल भमके टि-२० क्रिकेट: पुरन्धारा सेमिफाईनलमा प्रबेश

 कार्तिक २३, २०८०

तुलसीपुर । पुरन्धारा क्रीकेट क्लब दाङको तुलसीपुर १ भमकेमा जारी रोयल भमके टि २० क्रीकेट प्रतियोगिताको सेमिफाइनमा पुगेको छ।आज भएको पहिलो खेलमा आयोजक रोयल भमके बि लाई ४२ रन तथा अन्तिम खेलमा तुलसीपुर ९ बेलुवालाइ ४ बिकेटले हराउदै प्रतियोगिताको समिफाइनल पुग्ने पहिलो टिम भएको प्रतियोगिताका संयोजक खगेन्द्र नेपालीले जानकारी दिए।

पहिलो खेलमा पुरन्धाराले ट्स जित्दै ब्याटिङमा १५ ओभरमा अल आउट हुँदै ११८ रन बनाउन सफल भएको थियो । जसको लागि मोहन खत्रीले ४३ तथा बिक्रम डागी ले २८ रन बनाए । बलिङमा रोयल भमकेका सरद ढकाल ४ ,विशाल जिएम ले ३ तथा यम प्रसाद नेपाली १ बिकेट ल्याए । जवाफमा ११९ रनको बिजयी लक्ष्य लियर मैदानमा उत्रेको रोयल भमके बि १५ ओभरमा मा ७ बिकेट्को क्षतिमा ७७ रनमा समेटियो । जसमा सन्दिप खनालले २७ तथा नेपालीले १६ रनको योगदान दिए । बलिङ तर्फ पुरन्धाराका सुजल ओलि , मोहन खत्री ले २।२ तथा सौगात रानाभाट तथा पुरन बिकेले १।१ बिकेट ल्याए । खेलमा उत्कृष्ट खेल प्रदसन गर्ने मोहन खत्री म्यान अफ द म्याच हुँदै नगद ५ सय तथा मेडल प्राप्त गरेको संयोजक नेपालीले जानकारी दिए ।

त्यस्तै आज भएको दोर्सो खेलमा सृजनसिल युबा क्लब हेकुलीलाई ३८ रनले हराउदै किङ ११ सेवार घोराहीले बिजयी सुरुवात गरेको छ । टस हारी ब्याटिङमा उत्रेको किङ ११ निर्धारित १५ओभरमा ८ बिकेटको क्षतिमा ११० रन बनाउन सफल भयो । जसमा सन्तोस रोकाले ३० तथा राजेस जियम तथा कैलास जियमले क्रमस २२ र १३ रनको योगदान दिए । बलिङ तर्फ हेकुलीका रोसन मगर ले ३ विकेट ल्याए, जवाफमा १११ रनको बिजय लक्ष्य लियर मैदानमा उत्रेको हेकुलीले १४.४ ओभरमा अल आउट हुँदै ७७ रनमा समेटियो ।बलिङतर्फ किङ ११ का हेमराज सुवेदी ३ तथा बिरु मगर, प्रबेश केसि तथा आकाश गुरुङ ले १।१ बिकेट ल्याय । खेलमा म्यान अफ द म्याच हुँदै सन्तोस रोकाले नगद ५ सय तथा मेडल प्राप्त गरे।

यसैविच, भोलिको पहिलो खेल आयोजक रोयल भमके ए विरुद्ध तुलसीपुर ६ , दोस्रो खेल त्रिसिदेस्वरी क्रीकेट क्लब विरुद्ध सान्तिनगर सिटि युबा क्लब धनौरी तथा वेस्टन क्रीकेट क्लब शान्तिनगर ३ विरुद्ध किङ ११ सेवार घोराही बिच हुने संयोजक नेपालीले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया