रोयल भमके टि-२० क्रिकेट: फाईनलमा पुरन्धारा र रोयल भिड्ने

 कार्तिक २५, २०८०

 तुलसीपुर । रोयल भमके टि २० क्रीकेट क्लबको फाईलनमा पुरन्धारा क्रीकेट क्लब बबई र आयोजक रोयल भमके क्रीकेट क्लब भिड्ने भएका छन । तुलसीपुर १ भमकेमा जारी जिल्ला ब्यापी रोयल भमके टि २० क्रीकेट प्रतियोगितामा वेष्टर्नलाई हराउदै पुरन्धाधारा र टिएसए तुलसीपुरलाई हराउदै रोयलले फाइनलमा भेट पक्का गरेका हुन ।

पहिलो सेमिफाइनल खेलमा वेस्टन क्रीकेट शान्तिनगरलाइ ४ बिकेट्ले हराउदै पुरन्धारा फाइनलमा पुग्न सफल भएको हो । ट्स जित्दै पहिले ब्याटिङमा उत्रेको शान्तिनगर १४.१ ओभरमा १० बिकेट्को क्षतिमा ६१ रनमा समेटियो । जसमा नबराज साही तथा युबराज साहीले क्रमस १६ र १५ रनको योगदान दिए । अन्यले दोहोरो अक जोड्न सकेनन।बलिङ तर्फ पुरन्धाराका रोसन साहुले ३ तथा मोहन खत्री , बिक्रम डागी तथा बिक्रान्त डागि ले २। २ विकेट ल्याए ।

जवाफमा ६२ रनको बिजय लक्ष्य लियर मैदानमा उत्रेको पुरन्धारा ११.३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पुरागर्न सफल भयो । जसमा बिक्रान्त डागिले २० रनको योगदान दिए।बलिङ तर्फ वेस्ट्न क्रीकेट क्लबका गणेश पान्डेले २ तथा मेघराज बिक ,निर्मल डागी तथा सन्दिप साहीले १।१ बिकेट ल्याए । खेलमा उत्कृष्ट खेल प्रदसन गर्ने बिक्रान्त डागी म्यान अफ द म्याच हुँदै नगद ५ सय तथा मेडल प्राप्त गरेका थिए ।

यस्तै दोस्रो सेमिफाइनल खेलमा टिएसए तुलसीपुर लाई ६ विकेटले हराउदै फाइनल पुग्न सफल भयको छ । टस जिति पहिले ब्याटिङमा उत्रेको टिएसए निर्धारित १५ ओभरको खेलमा १३.३ ओभरमा अल आउट हुँदै ५७ रन बनाउन सफल भयको थियो । जसमा इस्माइल अन्सारी ले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अक छुन सकेनन । बलिङमा रोयल भमकेका सन्दीप नेपालीले ३ तथा हरिस केसि र धन बहादुर केसिले २।२ र आयुस ओलिले १ बिकेट ल्याए ।

जवाफमा ५८ रनको सामान्य लक्ष्य लियर मैदानमा उत्रेको रोयल भमके ८.४ ओभरमा ४ बिकेट्को क्षतिमा लक्ष्य पूरा गर्न सफल भयो । जसमा गोपाल केसि २४ तथा शिशिर डागी र नरेस बिकले क्रमस १२ र ११ रनको योगदान दिए । बलिङमा दिवान पुन २ तथा इस्माइल अन्सारी र करन कुमार नेपालीले १।१ बिकेट ल्याए। खेलमा उत्कृष्ट बलिङको प्रदसन गर्ने रोयल भमकेका सन्दिप नेपालि म्यान अफ द म्याच हुँदै नगद ५ सय तथा मेडल प्राप्त गरेका थिए । आजको खेलमा म्यान अफ द म्याचलाई निवर्तमान वडाध्यक्ष लक्ष्मण भण्डारीले पुरस्कार प्रदान गरेका थिए ।

यसैविच,फाईनल खेल भोली हुने भएको छ । रोयल भमके विरुद्ध पुरन्धारा क्रीकेट क्लबका विच हुने फाईनल खेलमा उपस्थितीको लागि प्रतियोगिताका संयोजक खगेन्द्र नेपालीले सबैमा आग्रह गरेका छन । उनका अनुसार खेल विहान ११ बजेबाट सुरु हुनेछ । प्रतियोगिताको बिजेताले नगद ५१ हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता टिमले नगद २५ हजार,कप, मेडल प्रमाणपत्र हात पार्नेछ ।

तपाईंको प्रतिक्रिया