गाउँमा हाट बजार: स्थानीय उत्पादनलाई बिक्री गर्न पाउँदा कृषक उत्साहित

 कार्तिक २५, २०८०

तुलसीपुर । दंगीशरण गाउँपालिका वडा नम्बर २ कलमखोलामा पहिलोपटक कृषि वन उपज हाटबजार सम्पन्न भएको छ । हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना तथा दंगीशरण गाउँपालिका कृषि विकास शाखा, ग्रिन फाउन्डेसन नेपाल र दंगीशरण गाउँपालिका २ नम्बर वडा कार्यालयको समन्वयमा हाटबजार सञ्चालनमा आएको हो ।

स्थानिय कृषकले उत्पादन गरेको बस्तु प्रदशर्नि गरि किनमेलबाट किसानलाई सहजता होस भन्ने उद्देश्यले हाटबजार सञ्चालनमा ल्याइएको हो । हाटबजारले स्थानीय कृषक तथा व्यवसायीहरुलाई हौसला दिएको छ । स्थानीय उत्पादनलाई हाटबजारमा बिक्री गरी आम्दानी हुन थालेपछि आफुलाई थप उत्साहित भएको तरकारी विक्रि गरिरहेका एक किसानले बताए । यसले किसानलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने उनको अपेक्षा छ ।

हाटबजारबाट झण्डै १ लाख बराबरको आर्थिक कारोबार भएको हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष सिएम विश्वकर्माले जानकारी दिए । अव प्रत्येक महिनामा हाटबजार सञ्चालनमा ल्याउने तयारी रहेको उनले जानकारी दिए । कृषि वन उपज हाटबजार सँगै कृषि उपज केन्द्रको औंपचारिक रुपमा दंगीशरण गाउँपालिका अध्यक्ष श्री शम्भु गिरी, उपाध्यक्ष पिमा कुमारी खड्का र वडा अध्यक्ष डम्बर खत्रीद्वारा उद्घाटन गरिएको थियोे ।

स्थानिय कृषकले उत्पादन गरेको तरकारी देखि लिएर बदिया भाले तथा तिहारको लागि आवस्यक सयपत्री फुल ,र्भैसीको घ्यु समेत विक्रि भएको थियो । आज ४ सय जनाले अवलोकन गरेका गिए ।

तपाईंको प्रतिक्रिया