मेट्रो कलेजले पहिलो महिला प्रधानन्यायाधीश कार्किसँग अन्तर्क्रिया गर्ने

 मङि्सर २७, २०८०

तुलसीपुर । तुलसीपुर मेट्रो कलेजले पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीसँग अन्तर्क्रिया गर्ने भएको छ । कानून संकायमा स्नातक तह
बिएएलएलबी कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा कलेजले यस्तो कार्यक्रम गर्न लागेको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए ।

“कानूनका विद्यार्थीहरुलाई लक्षित गरेर उत्प्रेरित गर्नका लागि कार्यक्रम सञ्चालन गर्न लागिएको हो ” कलेज प्रमुख आचार्यले बताए । उनले निती
र नेतृत्व विषयमा पुस १ र २ गते अन्तर्क्रिया हुन लागेको पनि जानकारी दिए । यसैगरी जनप्रतिनिधिहरुलाई लक्षित गरेर स्थानीय सरकार र
सुशासन विषयमा पनि अन्तर्क्रिया गर्न लागिएको कार्यक्रम संयोजक विजय पोख्रेलले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिकाको सभाहलमा हुने कार्यक्रममा पत्रकार हरिबहादुर थापाले स्थानीय सरकार र सुशासन विषयमा प्रशिक्षण दिने कार्यक्रम समेत रहेको छ ।

तपाईंको प्रतिक्रिया