मेट्रो कलेजमा कानुन पढ्ने विद्यार्थीले गरे पुर्व प्रधानन्यायाधिश सङ्ग अन्तरक्रिया

 पुष ०१, २०८०

तुलसिपुर । पूर्व प्रधानन्यायाधिश सुशीला कार्कीले राजनैतिक दलहरुले न्यायालय नियन्त्रणमा राख्न खाजेको बताउनुभएको छ । तुलसीपुर मेट्रो कलेजको कानुन संकायका विद्यार्थीले आइतबार तुलसीपुरमा आयोजना गरेको  ‘कानुनका कुरा विद्यार्थीसंग विधि र अनुभवका कुरा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताउनु भएकाे हाे । उहाले  न्यायपालिकाले आफ्नो काम आफै गर्न पाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा कानुन संकायका विद्यार्थीले विभिन्न कानुनका विभिन्न विषयमा प्रश्न राखेका थिए । कानुन संकायका संयोजक बिजय पोखरेलको अध्यक्षता तथा पूर्व प्रधानान्यायधिस सुशीला कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कलेज प्रमुख बसन्त विवश आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको इन्द्र खत्रीले गर्नुभएको हो ।

तपाईंको प्रतिक्रिया