भारत र दक्षिण अफ्रिकाबीचको टेस्ट खेल १-१ मा सकियो

 पुष १९, २०८०

भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टेस्ट खेल इतिहासकै छिटो सकिएको छ । केप टाउनमा भारतले मात्रै दोस्रो दिन दोस्रो सेसनमा दक्षिण अफ्रिकालाई ७ विकेटले हराएको थियो । उक्त खेल मात्रै ६ सय ४२ बलमा सकिएको थियो । यसअघि सन् १९३२ मा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल मेलबर्न क्रिकेट मैदानम ६ सय ५६ बलमा सकिएको थियो । त्यस्तै १९३५ मा इंग्ल्यान्ड र वेस्टइन्डिजबीचको खेल ६ सय ७२ बलमा सकिएको थियो ।

जितको लागि ७९ रनको सामान्य लक्ष्य भारतले १२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा यशस्वी जैसवालले २३ बलमा ६ चौकासहित सर्वाधिक २८ रन बनाए । दक्षिण अफ्रिकाका मार्को यानसन, नान्द्रे बर्गर र कागिसो रबाडाले १(१ विकेट लिए ।

दक्षिण अफ्रिका दोस्रो इनिङमा १ सय ७६ रनमा अल आउट भएको थियो । पहिलो इनिङमा ९८ रनले पछि पर्दा समग्रमा ७८ रनको अग्रता लिएको थियो । दक्षिण अफ्रिकाका ओपनर एडेन माक्ररमले १ सय ३ बलमा १७ चौका र २ छक्कासहित सर्वाधिक १ सय ६ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो गर्न सकेनन् । भारतका जस्प्रित बुमराहले ६ विकेट लिए ।

त्यसअघि भारत पहिलो इनिङमा ३४.५ ओभरमा १ सय ५३ रनमा अल आउट भएको थियो । भारतका लागि विराट कोहलीले ५९ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाएका थिए । दक्षिण अफ्रिकाका कागिसो रबाडा, लुन्गी एनगिडी र नान्द्रे बर्गरले समान तीन विकेट लिए ।

त्यसअघि केप टाउनमा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिका २३.२ ओभरमा ५५ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिकाका कायल भेरेयानले सर्वाधिक १५ रन बनाएका थिए । भारतका मोहम्मद शिराजले सर्वाधिक ६ विकेट लिएका थिए । दुई टेस्ट खेलमा यस अघि भारत पराजित भएकोे थियो ।

तपाईंको प्रतिक्रिया