वडाबासीलाई खुर्सानीमा आत्मनिर्भर बनाउन तुलसीपुर -११ ले थाल्यो पहल

 माघ ०९, २०८०

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले वडाबासीमा खुर्सानीमा आत्मनिर्भर बनाउने योजना अघि सारेको छ । सामन्य लागतमा घरमै खुर्सानी रोपेर आत्मनिर्भर बन्न सकिने भएतापनि लाखौं रुपैया खर्च भैरहेको हुदा यस तर्फ वडाले चासो दिएको हो ।

आज वडामा सबै टोल विकास संस्थाका अध्यक्ष लगायत सरोकारवाला विचको बैठकमा वडाध्यक्ष मान बहादुर रावतले यस योजनालाई अघि सारेका हुन । आजको बैठकले हरेक घरमा कम्तिमा १० वटा बुटा सम्म खुर्सानी रोप्ने निर्णय गरेको हो । यसको लागि हरेक टोलमा कार्यान्वयन भए नभएको वडा तथा टोल विकास संस्थाले जानकारी लिने छ । वडामा रहेका झण्डै २५ सय घर धुरीले बर्षमा २ हजार रुपैयाको हाराहारीमा खुर्सानी किन्ने गरेको पाईएकोले झण्डै ५० लाख रुपैया खुर्सानीको लागि मात्रै खर्च हुने हुदा आत्मनिर्भरको लागि पहल थालिएको वडाध्यक्ष रावतले बताए ।

वडाबासिलाई सामान्य तरीकाले घरमै गर्न सकिने खुर्सानी खेती गर्न तर्फ प्रेरीत गरेकोमा खुसी ब्यक्त गर्दै आफ्नो टोलमा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको कृष्ण मन्दीर टोल बेलटाकुराका अध्यक्ष ओविर बहादुर चन्दे बताए । साथै ब्यावसायिक रुपमा गरिएको खुर्सानी खेतीको बजारीकरणमा वडाले पहल थाल्ने छ । वडाध्यक्ष मान बहादुर रावतको अध्यक्षतामा भएको भेलामा अमर माविका प्रधानाध्यापक पदम बहादुर वली,कांग्रसका हेमराज वली,माओवादीका बेद बोहरा लगायतले बोलेका थिए । वडा सचिव पदम भण्डारीले स्वागत गरेका थिएर भने सहजिकरण कर्मचारी लक्ष्मी चौधरीले गरेकि थिईन ।

चोक – चोकमा आगो बाल्ने अभियान
यसैविच वडा नम्बर ११ ले चिसोबाट बच्नका लागि चोक चोकमा आगो बाल्ने अभियान सुरु गरेको छ । केहि दिन यता चिसोको कारण जनजीवन कष्टकर बन्दै गएको हुदा घर बाहिर निस्कनै तथा काम विषेशले हिडडुल गर्नेहरुको लागि चोकहरुमा आगो बाल्ने कामको सुरुवात गरिएको छ । उरहरी चोक, जनबहार चोक , पुलिस चौकी, वडा कार्यालय , अमर मावि उरहरी लगायतका स्थानमा विहान र साझ आगो बाल्ने ब्यवस्था मिलाइएको छ ।

वडाध्यक्ष रावत आफु नै बबई नदि किनारमा बर्षायामको भेलले बगाएर ल्याएका काठका टुक्राहरु संकलन गरेर ल्याएका छन । नागरीकको सहजताको लागि आगो बाल्ने अभियानको सुरु गरिएको वडाध्यक्ष रावतले बताए ।

तपाईंको प्रतिक्रिया