तुलसीपुर -१३ को वडा कार्यालयमा स्तनपानकक्ष

 माघ १४, २०८०

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ को कार्यालयमा स्तनपानकक्ष स्थापना गरिएको छ । कर्मचारी तथा सेवाग्राही आमालाई स्तनपान गराउन सहज होस् भन्ने उद्देश्यले वडाले निर्माण गरेको नयाँ भवनमा स्तनपान कक्ष स्थापना गरिएको वडाध्यक्ष मोहन पौडेलले जानकारी दिनुभएको छ ।

जिल्लाका एक सय वडामध्ये तुलसीपुर–१३ ले पहिलोपटक उक्त स्तनपानकक्ष स्थापना गरेको अध्यक्ष पौडेलको भनाई छ । यही माघ ८ गतेदेखी सेवा सुरु भएको भन्दै वडाअध्यक्ष पौडेलले अहिले सम्म ५/७ जनाले सेवा लिसकेको बताउनुभएको छ ।

 

तपाईंको प्रतिक्रिया