सगरमाथा स्कुलमा सहिद दिवसबारे चर्चा

 माघ १६, २०८०

दाङ । सगरमाथा इङलिस स्कुलले आज सहिद दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ । विद्यालयका सिइओ यमकान्त खरेलको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती बबई क्याम्पसका पुर्ब क्याम्पस प्रमुख तथा अधिवक्ता सालिक राम रेग्मीको प्रमुख आतिथ्यता र तुलसीपुर उपमहानगरपालिकाका पर्यटन शाखा प्रमुख झरेन्द्र खरेल र नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रदिप वलीको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न  भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका पर्यटक शाख प्रमुख खरेलले विद्यार्थीहरुलाइ सहिद भनेको के हो ? शहिदले देखाएको बाटोमा हिड्न किन आवश्यक छ ? भन्ने कुरामा प्रकास पार्नु भएको थियो । उहाले शहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरेतापनी सहिदहरुका सपनाहरू अधुरै रहेकोमा दुख व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नेकपा कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रदीप वलीले विद्यालयले यस्तो खालको कार्यक्रमको आयोजना गरि विद्यार्थीलाई सहिदप्रतिको सम्मान र उनिहरुले देखाएको बाटोमा हिड्न प्रेरित गरेकोमा खुसी व्यक्त गर्नु भयो । पछिल्लो अवस्थामा विद्यार्थीहरुमा बिदेशको मोह बढदै गएकाले देश भक्ती भबना हराउदै गएकोमा जोड दिनुभयो ।विद्यार्थीहरुलाइ देशप्रतिको माया जगाउनमा यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने भन्दै प्रसम्सा पनी गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि रेग्मीले इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र , रास्ट्र र स्वतन्त्रता सहित जनताका पक्षमा भएको आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरुले देखाएको बाटोमा हिडेपछी मात्र सहिदहरुको आत्माले शान्ती पाउने बताउनु भएको थियोे ।साथै उहाँले मुलुकमा पछिल्नो अवस्थामा झैझगडा र दुर्घटनामा ज्यान गुमाएको ब्याक्तीलाई समेत सहिद घोसना गर्नु पर्ने र आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनको सहिदको अपमान गरेको कुरामा जोड दिनुभएको थियो। विद्यार्थीहरु सन्दीप चौधरी, दीक्षा शाह, मनिस केसी, अमित नेपाली लागएतले बक्ताहरुसङ्ग जिज्ञासा पनि राखेका थिए । विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण कार्यक्रम प्रमुख शरद शर्मा मजगैयाले गर्नु भएको थियो ।

तपाईंको प्रतिक्रिया