महेश्वर शिव मन्दीरमा श्रीमद भागवत ज्ञान महायज्ञ सञ्चालन हुदै

 माघ १७, २०८०

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ प्रिगाँउ स्थित महेश्वर शिव मन्दीरमा श्रीमद भागवत धनधाञ्याचल सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । मन्दीरको भौतीक पुर्वाधार निर्माण सहयोगार्थ यहि माघ १८ गते देखि २५ गते सम्म सञ्चालन हुन लागेको महायज्ञको तयारी अन्तीम चरणमा पुगेको छ ।

मङ्गलवार  मन्दीर परीसरमा पत्रकार सम्मेलनको आयोजना गरि महायज्ञका बारेमा जानकारी समेत गराएको छ । महायज्ञ सफल पार्नका लागि गठित विभिन्न उपसमितिहरुले आआफ्नो कामलाई अन्तीम चरणमा पुराएको मुल आयोजक समितिले जनाएकाे छ ।

सप्ताह ज्ञान महायज्ञ संचालन गर्न गठिन समितिका संयोजक होमप्रकाश गौतमको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा मन्दिर ब्यबस्थापन समितिका महासचिव घनश्याम बस्नेतले स्वागत मनतब्य राख्नुभएकाे थियाे ।

कार्यक्रममा स्थानीय बासी तथा नेपाली काँग्रेसका नेता खिमबहादुर वलीले दाताहरुको सहयोगमा २०७१ सालमा मन्दिर स्थापना भएको अवगत गराएका थिए । मन्दिरमा स्थानीय  पूजा आरधनामा आउने गरेको, जेष्ठ नागरिकहरु मन्दिरमा साँझ बिहान पूजा आरधनामा आउने गरेको मन्दिरका संस्थापक अध्यक्ष रोशण डाँगीले जानकारी दिएका थिए ।

झन्डै एक बिगाह क्षेत्रफलको जग्गा यो शिव मन्दिरले भोग चलन गर्दै आएको छ । सप्ताह ज्ञान महायज्ञमा आउने भक्तजनबाट झन्डै २५ लाख आर्थिक संकलन गर्ने उदेश्य राखिएको छ ।

तपाईंको प्रतिक्रिया